जलविद्युत समूहमा सबैभन्दा बढी शेयर मूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोको प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (२०८०/८१) मा १ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ३ करोड ३७ लाख पुगेको छ । जलविद्युत समूहमा सबैभन्दा बढी शेयर मूल्य कुथेली बुखरीकै रहेको छ ।
दोस्रो बजारमा यसको शेयर प्रतिकित्ता २२०८ रुपैयाँ रहेको छ । उसको प्रतिशेयर आम्दानी १२.९३ रुपैयाँ रहेको छ । यो भनेको कुथेलीको एक कित्ता शेयर बराबरको आम्दानी हो । यस्तै प्रतिसेयर नेटवर्थ १६१.९५ रुपैयाँ रहेको छ ।
कुथेलीको वित्तीय खर्च ५९ लाख ८ हजार रहेको छ । अन्य आम्दानी १५ लाख ३३ हजार छ । १२ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कुथेलीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँले रहेको छ ।