मध्य भोटेकोशीको प्रतिशेयर आम्दानी पनि नोक्सानीमा
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले गत आर्थिक वर्ष (२०८०/०८१) मा नोक्सानी व्यहोर्नुपरेको छ ।कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा मध्य भोटेकोशीले चौथो त्रैमाससम्म २ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।
अघिल्लो वर्षको यस अवधिमा यो कम्पनी ४ करोड ६६ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च कम हुँदा यसको नोक्सानी घटेको हो । उक्त खर्च ३ करोड ७० लाखबाट घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको हालसम्म विद्युत् उत्पादन सुरु गरेको छैन । ६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको मध्ये भोटेकोशीको रिटेन्ड अर्निङ ४१ करोड ४२ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिशेयर आम्दानी ०.३५ रुपैयाँ नोक्सानीमा छ । प्रतिशेयर नेटवर्थ ९३.१० रुपैयाँ रहेको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो। यो आयोजनाको मुख्य कार्यालय भोटोकोशी गाउँपालिका-५ चाकुमा छ।
बाँध क्षेत्र भोटेकोशी गाउँपालिकामा छ भने पावर हाउस बाह्रबिसे नगरपालिकामा रहेको छ। यो आयोजनाको कुल लगानी करिब १५ अर्ब अनुमान हुने अनुमान छ।