एमालेका माननीयले पशुपतिमा धुप बाले पनि गठबन्धन भत्किँदैन भन्नुहुन्थ्यो, अहिले परिणाम ठीक छ : महामन्त्री थापा (भिडिओ) – Nepal Press

एमालेका माननीयले पशुपतिमा धुप बाले पनि गठबन्धन भत्किँदैन भन्नुहुन्थ्यो, अहिले परिणाम ठीक छ : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकार बनेपछिको परिणाम ठीक भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू यो सरकार बनाउन धेरै नलागेको बताए ।

उनले भने, ‘मैले अर्थ मन्त्रालयको बजेटमाथि टिप्पणी गर्दा ६-७ महिनापछि यो बजेटको भारी बोक्नुपर्नेछ । त्यसैले के बोल्नु अलमलिरहेको छु भनेको थिएँ । त्यसबेलामा एक जना एमालेका माननीयले पशुपतिनाथमा धुप बाले पनि यो गठबन्धन केही हुँदैन भनेर मलाई खुइल्याउनुभयो । मेरो अनुमानको आधार पनि थियो । माननीय रमेश लेखकले धोखा खानेहरु मिल्नुभयो भने तपाईंको के होला भनेर सोध्नुभएकै प्रश्नभित्र मेरो अनुमान थियो, तर यति छिटो यस्तो होला भन्ने लागेको थिएन । धोका खानेहरु यति छिटो आत्तिसकेको अवस्था बनिसकेको थियो । धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो । म यो सरकार बनाउन धेरै लागेको होइन, तर परिणाम ठीक छ भन्नेमा छु ।’

महामन्त्री थापाले अब कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर