साढे २१ अर्बको कारोबार भएको पूँजी बजारको आकार ४६ खर्ब ४३ अर्ब
काठमाडौं । नेप्से सूचकमा मंगलबार करेक्सन आएको छ । बजार ८.१८ विन्दुले घटेर बन्द भएको छ । इन्डेक्स २९२३.४६ अंकमा आएको छ । सोमबार शेयर बजारका दुई सुचकमा रेकर्ड ब्रेक भएको थियो ।
तर मंगलबार भने बजार केही घटेको हो । यसदिन साढे २१ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १३ मध्ये ५ वटा समूहका सूचकमा हरियाली छाएको छ । मंगलबार शेयर बजारमा निकै उतारचढाव देखिएको थियो ।
यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा कारोबार रकममा नेपाल फाइनान्स अगाडी छ । यसको करिब ८२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको हो । आज तीनवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । शेयर मूल्य सर्किट लाग्नेमा मातृभुमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र दोल्ती पावर लिमिटेड रहेको छ ।