एमाले सांसदले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी करार गरेको भन्दै रास्वपाको आपत्ति (भिडिओ) – Nepal Press

एमाले सांसदले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी करार गरेको भन्दै रास्वपाको आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दोषी करार गरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले लामिछानेले सहकारी ठगीको पैसा फिर्ता नगरेर चर्का कुरा गर्दै हिँडेको टिप्पणी गरेका थिए ।

उनले भने, ‘पोखरामा सहकारी ठगीको बिगबिगी छ । त्यसमा माननीय रवि लामिछानेको नाम मुछिएकै छ, तर उहाँ नै चर्को कुरा गर्नुभएको छ । हिजो उपप्रधानमन्त्री हुँदा उहाँको त्यस्तै चर्को स्वर थियो । अहिले प्रतिपक्षमा जाँदा पनि त्यस्तै स्वर छ । उहाँको नाम कहाँ छ, सबैले देखेको छ । ठगिएको रकम फिर्ता गर्नुपर्दैन ।’

सांसद बैरागीले सभापति लामिछानेलाई दोषी करार गरेको भन्दै रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।

उनले भने, ‘कुनै व्यक्तिलाई कसरी दोषी करार गर्न सक्नुहुन्छ । संसदीय छानबिन समितिले काम गरिरहेको बेलामा कसरी यस्तो भन्न पाइन्छ । उहाँले संसदीय मान्यता मान्नु पर्दैन । समितिले निर्णय दिन बाँकी छ । उहाँले पैसा फर्काउन पर्दैन भन्ने आधार के हो ?’


प्रतिक्रिया

One thought on “एमाले सांसदले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी करार गरेको भन्दै रास्वपाको आपत्ति (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर