युवाहरूलाई प्रधानमन्त्रीको सुझाव : २०-३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस् (भिडिओ) – Nepal Press

युवाहरूलाई प्रधानमन्त्रीको सुझाव : २०-३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षमा विवाह गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्नसक्ने खतरा रहेकाले बैलैमा विवाह गरेर सन्तान जन्माउन आग्रह गरेका हुन् ।

उनले भने, ‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छउञ्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भयो । मेरो एउटा सुझाव छ, २०-३० वर्षमा बिहे गर्नुस् । छिट्टै बच्चाबच्ची पाइहाल्नुस् । त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन् । फ्युचर जेनेरेसनको कुरा गर्ने, अनि फ्युचर भनेको पैसा हो । पैसाले फ्युचर हुन्छ । त्यसका लागि बालबच्चा चाहियो होला ।’

प्रधानमन्त्री ओलीले युवाहरुलाई उद्यमशीलता विकास गर्न सरकारले योजना बनाइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर