सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन- जनताले देख्नेगरी काम गर्नुस्
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि निर्देशन दिएका छन् । कोशी प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरिको काम गर्न निर्देशन दिएका हुन् ।
उनले प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरुलाई जनताको बीचमा पुर्याउन निर्देशन दिए । मुख्यमन्त्री कार्कीले भने, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेको अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाब संकलन गर्ने तयारी गरेको छ ।’
प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेशागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकाहरुसँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नेगरि कार्यक्रम तय गरिएको छ ।
कार्यक्रमबाट प्रदेश सरकारलाई राय सुझाव आउने अपेक्षा गरिएको छ ।