हिमालयन डिस्टिलरीको प्रतिशेयर आम्दानीमा भारी गिरावट – Nepal Press

हिमालयन डिस्टिलरीको प्रतिशेयर आम्दानीमा भारी गिरावट

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ । यसको प्रतिशेयर आम्दानी १३.२१ रुपैयाँ झरेको छ । हिमालयन डिस्टिलरीको प्रतिशेयर आम्दानी ८० रुपैयाँसम्म थियो । यसको नाफा समेत प्रभावित भएको छ ।

आर्थिक वर्षको चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४६.५५ प्रतिशत कम हो । अघिल्लो वर्ष यो कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ रुपैयाँ रहेको हिमालयनको ५ अर्ब ६५ करोड रहेको सञ्चालन आम्दानी घटेर ४ अर्ब १५ करोडमा झरेको छ ।

यस्तै बिक्री लागत ७३ करोड ११ लाख कायम भएको छ । अन्य आम्दानी भने ५१३ प्रतिशतले बढेर ६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा ६७ करोड रुपैयाँ रहेको छ ।

हिमालयन डिस्टिलरीको शेयर मूल्य दोस्रो बजारमा पनि घटेको छ । यसको शेयर मूल्य १६०० रुपैयाँ प्रतिकित्ता छ । हिमालयनको शेयरको बजार पुँजीकरण ४२ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थ १२५.१० रुपैयाँ छ । यस कम्पनीको आव २०७६९७७ मा प्रतिशेयर आम्दानी ८०.५७ रुपैयाँ रहेको थियो । त्यसयता, यसको उक्त आम्दानी लगातार जस्तो घटेको छ ।

कम्पनीले पुँजी अनुसार व्यापार विस्तार गर्न नसक्दा नाफा घटेको हो । जस कारण इपीएस पनि घटेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर