अर्थमन्त्री पौडेलले गरे महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर – Nepal Press

अर्थमन्त्री पौडेलले गरे महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेका छन् ।

शक्तिशाली बजेट महाशाखाको प्रमुखमा रहेको धनिराम शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा सारिएको छ ।

चालु आर्थिक वर्षको बजेट लेखन टिममा रहेर शर्माले बजेट लेखेका थिए ।

यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुखमा रहेका श्रीकृष्ण नेपाललाई बजेट महाशाखा प्रमुख बनाइएको छ ।

यी दुबै महाशाखा अर्थ मन्त्रालयका शक्तिशाली महाशाखा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर