३४ अंकले बढेकाे शेयर बजारमा साढे २३ अर्बको कारोबार
नेपाल प्रेस
२०८१ साउन ३० गते १५:२६
काठमाडौं । मंगलबार घटेको नेप्से परिसूचक बुधबार फेरि बढेको छ । आज नेप्से सूचक ३४.२९ विन्दुले बढेर २९५७.७५ अंकमा पुगेको छ । २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहका सुचक बढेका छन् ।
फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ । ९ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ३३२ कम्पनीको ५ करोड १२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ८६ करोड ५८ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अगाडि छ ।
प्रतिक्रिया
सम्बन्धित खवर