सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको सुरु – Nepal Press

सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको स्वामित्वमा स्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सुरुवात गरेको छ । बुधबार एक समारोहबीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे ।

कार्यक्रममा शुभकामना दिँदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।

सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा ंसंस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।

गैह्रिधारा–२, काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर