भ्रष्टाचार निवारण विधेयकमा अख्तियारसँग सुझाव लिँदै संसदीय समिति – Nepal Press

भ्रष्टाचार निवारण विधेयकमा अख्तियारसँग सुझाव लिँदै संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा छलफल भइरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा विधेयकका सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग सुझाव लिने आजको कार्यसूची रहकेो समिति सभापति रामहरि खतिवडाले बताए ।

आजको छलफलमा गृहमन्त्री रमेश लेखक, अख्तियारका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उपस्थित छन् ।

यसअघि बैठकमा सदस्यहरूले पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए ।

भ्रष्टाचारजन्य कसुरमा हदम्यादको विषयलाई लिएर पनि फरकफरक धारणा आएका छन् । समितिमा फास्ट ट्रयाकमा विधेयकलाई अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर