टीआरसी विधेयक राष्ट्रियसभामा टेबल (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन ३१ गते १६:२०
काठमाडौं । राष्ट्रियसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) टेबल भएको छ।
हिजो प्रतिनिधि सभाको बैठकले पारित गरेको विधेयक आज राष्ट्रियसभामा सचिव डा। सुरेन्द्र अर्यालले टेबल गरेका हुन्। प्रतिनिधि सभाबाट सन्देश विधेयक राष्ट्रियसभामा आएको जानकारी गराए।
राष्ट्रियसभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछि मात्रै विधेयकमाथि छलफल हुने व्यवस्था छ। त्यसैले अर्को बैठक भदौ ३ गतेका लागि बोलाइएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर