माओवादी बैठकमा जनार्दनले भने- पार्टीलाई थप सुदृढ बनाउनको लागि प्रश्न उठाएको हुँ
नेपाल प्रेस
२०८१ साउन ३१ गते १७:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई थप सुदृढ बनाउनकै लागि आफूले प्रश्न उठाएको प्रष्टीकरण दिएका छन् । स्थायी कमिटीको बैठकको आजको बैठकमा प्रचण्ड र शर्मा दुवैले आफ्नो कुरा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘आजको बैठक उहाँहरुले आफ्नो कुरा राख्नुभयो । उहाँले मैले जेजे कुरा उठाएको छु, अध्यक्षलाई सवल र सुदृढ बनाउनको लागि उठाएको हुँ भन्नुभयो ।’
अध्यक्षले प्रचण्डले पनि शर्माले उठाएको विषय राजनीतिक दस्तावेजमा समावेश गर्ने बताए । अब प्रदेश स्तरको केन्द्रीय कमिटीको बैठकमा आफूहरुसँगै गएर छलफल गर्ने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर