विराटनगरबाट शेखरले भने- आगामी महाधिवेशनमा मेरो स्वत: सभापतिमा दाबी (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।
देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने उनको प्रष्टोक्ति छ । कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।
राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।
उनले कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना देखाए ।
त्यतिखेरको निकटतम प्रतिद्वन्दी भएकोले नै आगामी महाधिवेशनको पनि स्वत:तपाईं दाबेदार भन्ने कुरा अलि मिलेन जस्तो लाग्यो!तपाइँले अहिले देखि नै कार्यकर्तासङ्ग घनिभुत भेट्टघाट गरेर रिझाउन सक्नु भो भने चाहिँ अहिलेसम्म कुनै सार्बजनिक जिम्मेवारीमा नबसेको हुनाले benefit of douwt पनि पाएर एक पटक त्यो जिम्मेवारी पाउन सक्नु हुन्छ!अन्यथा त्यस्तै हो!