हिलाम्ये रंगशालाले ‘बेइज्जत’ भएपछि छलफलमा जुटे राखेप र एन्फा – Nepal Press

हिलाम्ये रंगशालाले ‘बेइज्जत’ भएपछि छलफलमा जुटे राखेप र एन्फा

काठमाडौं । दशरथ रंगशालाको मैदानका कारण देशकै बेइज्जत हुने अवस्था आएपछि स्तरोन्नतिका लागि सरोकारवाला निकायहरु छलफलमा जुटेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ–एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ । मैदान स्तरोन्नतिका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो ।

सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ रु कति बजेट लाग्छ रु प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला’, सदस्य-सचिव घिसिङले चासो व्यक्त गर्दै भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर