सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग लिइयो बयान – Nepal Press

सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग लिइयो बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ । विशेष समितिको कार्यविधिअनुसार पुनसँग बयान लिएको समितिका सभापति सूर्य थापाले बताए ।

उनी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव हुन् । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता पुन सहकारी बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा जोडिएका थिए ।

सहकारी ठगी प्रकरणमा गत चैत २ गते पक्राउ परी धरौटीमा छुटेको भए पनि समितिले आज उनीसँग बयान लिएको हो ।

समितिले सहकारी ठगीमा जोडिएकाहरुलाई जेलबाट झिकाएर बयान लिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर