बल्खु सुधार संघर्षका विद्यार्थी र पनिकाबीच १० बुँदे सहमति (पत्रसहित)
काठमाडौं । समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने, नतिजा प्रकाशित गर्नुपर्ने जस्ता माग राखेर धर्ना बसेका बल्खु सुधार संघर्षरत विद्यार्थीहरु र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच १० बुँदे सहमति भएको छ ।
उनीहरुबीच शुक्रबार सहमति भएको हो । सहमतिमा २०८१ चैतभित्र अनलाई भुक्तानीको व्यवस्था गर्ने, रोकिएका ट्रान्सिक्रिप्ट बुझाउने, रिटोटलिङको समय ३० दिनभित्र गरिसक्ने तर्फ अघि बढाइने लगायत सहमति भएको छ ।
यस्तो छ सहमतिहरुः
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु सुधार संघर्षरत विद्यार्थीहरूले मिति २०८१ ४ ३२ गते यस कार्यालयमा बुझाएको दश बुँदे माग पत्रका सम्बन्धमा त्रिविका रजिष्ट्रार परीक्षा नियन्त्रकज्युको उपस्थितीमा छलफल गरी देहाय बमोजिम गर्ने गराउने सहमति गरियो ।
१. त्रि.वि. अन्तर्गतका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुले तोकिएका सवै तह र वर्षको परीक्षा उतीर्ण गरी ट्रान्सक्रिप्टका लागि आवेदन दिएका विद्यार्थीहरू मध्ये नामयर, रजिष्ट्रेशन नं., विपय तथा प्राप्ताङ्गमा एकरूपता नदेखिएमा परीक्षार्थीहरूले आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित निकाय, क्याम्पस र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको सिफारिस पत्र, रजिष्ट्रेशन कार्डको प्रतिलिपि, सक्कल मार्कमीटर प्रवेशपत्र संलग्न गरी सम्बन्धित शाखामा आजका मिति भन्दा अगाडि एभलमष्लन मा रहेको निवेदनको अवस्थाको बारेमा सम्बन्धीत व्यक्तिलाई सुचना गर्ने आवश्यक कागजात प्राप्त भए पश्चात उक्त निवेदन उपर कारवाही गरी सबै अभिलेखमा एकरूपता भएमा सम्बन्धित विद्यार्थीलाई १५ दिन भित्र ट्रान्सक्रिप्ट उपलव्ध गराउने ।
३ निमार्णाधिन सफ्टवेयर छिटो सम्पन्न गरी बढीमा २०८१ चैत्र मसान्त भित्र अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने ।
४ विद्याथीले भरेको परीक्षा आवेदन फाराममा नाम थर, विपय, रजिष्ट्रेशन न आदिमा ठिक रहेको तर परीक्षा नियन्त्रण कार्यालयको अभिलेख (लेजर) मा फरक रहेको देखिएमा शुल्क नलाग्ने व्यवस्था गर्न सम्वन्धित निकायमा पत्राचार गर्ने ।
५. बढीमा २०८१ चैत्र मसान्त भित्र अनलाइनबाट आवेदन फाराम भर्ने भराउने व्यवस्था मिलाउने र तत्पश्चात नीजहरुको ट्रान्सस्क्रिप्ट सम्बन्धित क्याम्पसमा पठाउन आवश्यक प्रक्रिया अगाडी बढाईनेछ । अफलाइनको अवस्थासम्म सबै प्रकृया पुगेको आवेदनहरुको त्चबलकअचष्उत १० दिन भित्र उपलव्ध गराईनेछ ।
६. रिटोलिङ्गको फाराम भर्ने अन्तिम मितिले बढीमा ३० दिन भित्र रिटोलिङ्गको नतिजा प्रकाशन गर्ने प्रक्रिया अगाडी बढाइनेछ । विद्यमान आवेदन दिने समयावधिलाई परिमार्जन (१५दिन) गर्न केन्द्रीय कार्यालयमा एक हप्ता भित्र पत्राचार गर्ने ।
७ पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरुको शैक्षिक असर नपर्ने गरी नतिजा प्रकाशन गरिनेछ ।
८. भाद्र आश्विन महिनामा समयानुकुल कर्मचारीहरुलाई पुनर्ताजगी कार्यक्रम सञ्चालन गरी मुस्कान सहितको सेवा प्रवाहलाई जोड दिइनेछ ।
९ ट्रान्सक्रिप्टका लागि आवेदन दिने विद्यार्थीहरुको कुनै कागजात अपुग भएमा निजले आवेदन
फाराममा उल्लेख गरेको मोवाईल नं वा इमेलममा २ दिन भित्र जानकारी गराइने छ ।
१० यही भाद्र १५ गते पछि प्रकाशन हुने नतिजाको सूचना प्रवाहको माध्यम बेवसाइटलाई चुस्त दुरुस्त बनाइने छ ।