जुम्लामा ३९ सय हेक्टरमा स्याउ खेती – Nepal Press

जुम्लामा ३९ सय हेक्टरमा स्याउ खेती

जुम्ला । यहाँको तीन हजार नौ सय हेक्टर जमिन स्याउ खेतीका योग्य छ । जसमध्ये करिब दुई हजार आठ सय हेक्टरमा मात्र स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

जिल्लाका आठ स्थानीय तहका १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् । यो वर्ष पन्ध्र हजार मेट्रिकटन स्याउ उत्पादन हुने कार्यालयले अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा २० प्रतिशतले कम हो ।

जिल्लाभर स्याउनको यकिन तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख देवकोटाले जानकारी दिनुभयो । करिब यहाँको अनुमानित ११ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्लामा जाने गरेको कार्यालय प्रमुख देवकोटाले बताए ।

स्याउ निर्यातबाट मात्र जिल्लामा यो वर्ष ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादनले जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।

जिल्लाको प्राङ्गारिक स्याउ बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्याउ प्याकेजिङ स्टेण्डर कार्टुन रङ्गिन कलरका १० केजी क्षमताका १० हजार कार्टुन यहाँका स्याउ किसान, कृषि उद्यामी र स्याउ व्यापारीलाई कार्यालयले प्रति कार्टुनको रु ७० ले बिक्री वितरण गरिरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा उच्च घनत्व स्याउको जातअन्तर्गत फुजी, गाला, गोल्डन, डैली सियस, रैडडैली सियस, किंगरेडडेली सियस, फुजीकिकु, ग्रिनस्मीथ र रेडचिफ जातका स्याउ पाइने गरेको परियोजना कार्यान्वयन एकाइ, जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत शाहीको भनाइ छ ।

बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोनबाट ५० प्रतिशत अनुदान सहयोग र कर्णाली प्रदेश सरकारबाट ७० प्रतिशत अनुदान सहयोगमा स्याउका विरुवा वितरण हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, जुम्लाले जनाएको छ ।

यो याममा स्याउ परिपक्का नहुँदै बजारमा देखिन थालेछि स्याउको मूल्यमा ह्रास आउने देखिन्छ । स्याउ बगैँचाबाट प्रति केजीको रु ६५ ले व्यापारीलाई स्याउ बिक्री गरेको तिला गाउँपालिका किसान बताउँछन् । जिल्लामा स्याउको मूल्य एकरुपता नहुँदा किसान मारमा पर्ने गरेका छन् ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर