प्रहरी भन्छः विजय भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको हो
काठमाडौं । पशुपति मन्दिर परिसरमा आयोजित कोटिहोम स्थलमा शुक्रबार राति प्रहरी प्रवेश गर्दा तनाव सिर्जना भयो । काठमाडौं प्रहरी परिसरबाट प्रहरीले कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजय कृष्णमुर्तिको खोजी गरेका थिए ।
समर्थकहरुको हुलहुज्जतपछि प्रहरी रित्तोहात फर्किनुपर्यो । कोटिहोम एक महिनासम्म चल्दा कुनै हस्तक्षेप नगरेको प्रहरीेले समापनपश्चात किन धरपकड गर्न खोज्यो ? यस विषयमा सोध्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको बताए ।
उनले भने, ‘पक्राउ गर्न होइन, सोधपुछका लागि मात्र गएका हाैं।’
रजौरेका अनुसार भण्डारीले प्रहरीबाट लिएको चारित्रक प्रमाणपत्रका विषयमा प्रहरीले सोधपुछ गर्न चाहेको हो । ठगी मुद्दामा दोषि प्रमाणित भएर जेल सजाय भुक्तानीसमेत गरेका कृष्णमुर्तिले प्रहरीबाट चरित्रको प्रमाणपत्र लिएको सार्वजनिक भएको छ ।
दियोपोस्ट डट कमले प्रकाशित गरेको चारित्रिक प्रमाणपत्रमा प्रहरी प्रधान कार्यालयका निरिक्षक उद्धव पोखरेलको हस्ताक्षर देखिन्छ ।
अपराधिक पृष्ठभूमिका व्यक्तिलाई उनको मुद्दाबारे केही उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइनु शंकास्पद मानिएको थियो ।
नेपालप्रेस क्रिश्चियनको एजेण्टजस्तो लाग्न थाल्यो ।
विनय भण्डारी सनातन धर्म विरोधी आर्थिक अपचलन गर्ने मानव तस्कर समेत हुन उनी माथि छानवीन हुनुपर्छ