कोटी होममा पत्रकार पुडासैनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग – Nepal Press

कोटी होममा पत्रकार पुडासैनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं । पशुपतिनाथमा आयोजित कोटी होमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपालभ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटी होमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण जनाएको छ । महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार मध्यरातमा पशुपतिनाथस्थित वनकालीमा पुडासैनीलाई कोटी होमको विरोधमा समाचार लेखेको भन्दै जबरजस्ती मञ्चमा लगेर अपमानजनक ढङ्गले माला लगाई दुर्व्यवहार गरिएको थियो । त्यसपछि पनि लखेट्दै कुटपिट गर्दै आफ्नो साथमा रहेका सरसामानसमेत लुटपाट गरिएको पुडासैनीले बताएका छन् । पुडासैनीका अनुसार उनको साथमा रहेको दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेटसमेत लुटपाट गरिएको छ ।’

कुटपिटबाट पुडासैनी घाइते भएका छन् । कार्यक्रमको रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानूनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।’


प्रतिक्रिया

One thought on “कोटी होममा पत्रकार पुडासैनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

  1. पत्रकारहरू जनताको तारो बनेका छन् । जनतामा तिमीहरूको छवि ठिक छैन । तिमीहरू पैसा पाए जे पनि लेख्ने, नपाए नलेख्ने दलालजस्ता भयौ भन्ने गुनासो जनतामा व्यापक छ । पत्रकार र मिडिया हाउस चलाउनेहरूको सम्पत्ति छानबिन गरौं, ठूला भनिएका एउटा पनि बच्दैनन कारवाहीबाट किनकी सबैको कालो धन भेटिईहाल्छ । पत्रकार महासँघ यिनै बेलगाम पत्रकारको संरक्षक मात्र भयो । यसले पत्रकार र मिडिया हाउसलाई सच्याउने कुनै काम गरेन । यसले संरक्षण दिएकाले झन् छाडा भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर