सांसद चौधरीद्वारा मतादाता माझ विकासका योजनाबारे छलफल
रुपन्देही । संघीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको विकास निमार्णको अवस्थाबारे मतदाताबीच छलफल गरेका छन् । बर्दघाट ७ बेलाहानीस्थित उनको निजी निवासमा शनिबार आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा जिल्लाको विगत, वर्तमान र भावी विकास निमार्णको अवस्थाबारे छलफल गरिएको हो ।
छलफलमा सांसद चौधरीले आफ्नो कार्य अवधिमा जिल्लामा भएको विभिन्न विकासका योजना तथा आयोजनाहरुको प्रगतिको अवस्थाबारे मतदाता माझ जानकारी गराएका थिए । सो कार्यक्रममा सांसद चौधरीले बुटवल नारायण सडकखण्ड, यसैगरी हुलासी सडक खण्डको प्रगति अवस्था , बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर स्थापना, यसैगरी गण्डक क्षेत्रमा भइरहेको कामबारे जानकारी दिएका थिए ।
सो अवसरमा मतदाताहरुले जिल्लाको चौतर्फी विकास साथै आगामी योजना र यस क्षेत्रको पूर्वाधार, सिंचाई खानेपानी, सुकुम्वासी समस्या लगायतका विषय वस्तुमा मतदाताले सांसद चौधरीलाई ध्यानआकर्षण गराएका थिए ।
नेपाली कांग्रेस नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सभापति मुकुलकुमार आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता जिल्ला सदस्य प्रेम कामुले सञ्चालन गरेको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, महिला संघकी केन्द्रीय सदस्य कमल पराजुली तिवारी , कांग्रेसका नेता राधेश्याम चौधरी, तरुण दलका केन्द्रीय सदस्य करिम खान, तरुण दलका जिल्ला अध्यक्ष शुकबहादुर गरुङ्ग, कांग्रेस नेता गणेश विश्वकर्मा, बर्दघाट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष धुब्र थारुलगायतले संघीय सांसद विनोद चौधरीको पहलमा भएका काम सकारात्मक भएको भन्दै समीक्षा गरेका थिए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगर र बर्दघाट नगर खेलकुद विकास समितिका संयोजक दिपक थापाले संयुक्त रुपमा जिल्लामा खेलकुद क्षेत्रको चोतर्फी विकासबारे ध्यानआकर्षण गराएका थिए । सो अवसरमा अन्जु चौधरी, बिमला गुरुङ्ग, लोमा वाग्ले, दुर्गा उपाध्याय, गोपीकृष्ण न्यौपाने, कृष्णराम पौडेल, राजेन्द्र चौधरी, कृष्णबहादुर कामु, तिलप्रसाद श्रेष्ठ, चन्द्रकला सापकोटा, योजन गुरुङ्गलगायतले सुझाव राखेका थिए ।