एआईको दुरुपयोग गरी चरित्र हत्या भइरहेको भन्दै साइबर ब्युरोले गरायाे सजग – Nepal Press

एआईको दुरुपयोग गरी चरित्र हत्या भइरहेको भन्दै साइबर ब्युरोले गरायाे सजग

काठमाडौं । नेपाल ब्युरोको साइबर ब्युरोले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को दुरुपयोग गरी फोटो भिडियोमार्फत चरित्र हत्या गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

उजुरी परे कारबाही हुने भन्दै कानूनी झन्झटमा नपर्न सचेत गराएको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको एआईबाट बनाइएको भिडियो भाइरल भएको थियो ।

यस्तै केही समय अघि राजनीतिक दलका शीर्ष नेताहरुले गित गाएको जसरी भिडियो बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर