रातो बाँदरलाई ‘कृषि हानिकारिक वन्यजन्तु’ घोषणा गर्ने तयारी – Nepal Press

रातो बाँदरलाई ‘कृषि हानिकारिक वन्यजन्तु’ घोषणा गर्ने तयारी

काठमाडौं । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले त्यसका लागि आवश्यक कानून बनाएर राजपत्रमा प्रकाशित गर्न लागेको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि बताए । सरकारले गत वर्ष समितिको निर्देशन अनुरूप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको छ ।

रातो बाँदरले बालीनाली र धनजनको हानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगैको सूचीमा राखिएको बताए । मन्त्रालयले अब वनको कारणले आयोजनाको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको मन्त्री ठकुरीको भनाइ छ ।

उनले आगामी कोपमा नेपालको प्रभावकारी उपस्थिति जनाएर जलवायु परिवर्तनको प्रभावको असरबाट पाउनुपर्ने क्षतिपूर्तिका लागि आवश्यक डकुमेण्ट बनाउने काम गरिरहेको पनि सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर