सुदूरपश्चिमको निजामती सेवा ऐनप्रति राना, थारु समुदायको आपत्ति: माग सम्बोधन नभए धर्ना बस्ने चेतावनी – Nepal Press

सुदूरपश्चिमको निजामती सेवा ऐनप्रति राना, थारु समुदायको आपत्ति: माग सम्बोधन नभए धर्ना बस्ने चेतावनी

कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन खाकामा सुदूरपश्चिम प्रदेशका राना, थारु समुदायले आपत्ति जनाएका छन् ।

थारु कल्याणकारी समाज, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले आज पत्रकार सम्मेलन गर्दै उक्त संशोधनमा विरोध जनाएका हुन् ।

थारु्राना थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल भएको उनीहरुको आरोप थियो । संविधानले निर्धारण गरेका मापदण्डहरूलाई पूरा नगरेको र समुदायका लागि आरक्षित अधिकारलाई कार्यान्वयन नगरेको भन्दै उनीहरुले विरोध जनाए । उनीहरुले माग सम्बोधन गराउन आग्रह गरिएको नभए भाद्र ४ गते १० बजे सुदूरपश्चिम प्रदेश सभा अगाडि धर्ना कार्यक्रमको गर्ने बताए ।

समुदायको जनसङ्ख्याको आधारमा संविधानले १८प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेकोमा प्रदेश सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै, महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८प्रतिशत थारु÷राना थारु महिलालाई समावेश नगरेकोमा उनीहरुले विरोध जनाएका थिए ।

जनसङ्ख्याको आधारमा सम्बन्धित विधेयकमा न्यूनतम १८ प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, . महिलाको लागि आरक्षित ३३.प्रतिशतमा पनि थारु/राना महिलाको लागि १८ प्रतिशत सुनिश्चित गर्नुपर्ने र स्थानीय तहलाई कलस्टर मानेकोमा प्रदेशलाई मान्नु पर्ने माग उनीहरुले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर