नेकपा एसमाथि ‘दुष्चक्री’ ओली र ‘परचक्री’ प्रचण्डको भाउँतो – Nepal Press

नेकपा एसमाथि ‘दुष्चक्री’ ओली र ‘परचक्री’ प्रचण्डको भाउँतो

‘धोकाधडी’ का पर्याय प्रचण्डलाई माधव नेपालले सोध्नुपर्ने यो प्रश्न

पछिल्लो केही साताका दृश्यलाई हेर्ने हो भने माधव नेपालको विद्रोहबाट जन्मिएको नेकपा (एकीकृत समाजवादी) का थुप्रै नेता, कार्यकर्ता एमाले नेताका घरदैलोमा भेटिन थालेका छन् । तर, एकीकृत समाजवादी भने समाजवादी मोर्चा र माओवादीसहितको पार्टी एकताको कसरतमा लागेजस्तो बुझिन्छ ।

एकातिर नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ ध्रुवीकरणका अभ्यास चलिरहेकै छन् । ठूलो कम्युनिष्ट घटकलाई एकातिर राखेर बाँकी कम्युनिष्ट मिल्दा त्यस्तो ध्रुवीकरण कत्तिको फलदायी होला भन्ने प्रश्न छ । अर्कातिर, पार्टी माओवादीसँग मिल्छ कि मिल्दैन भन्ने कुराले आकार नलिँदै एकीकृत समाजवादीका कतिपय नेता, कार्यकर्ता ‘पुरानो घर’ भन्दै एमालेतिर लहसिन थालेका छन् ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल भने यो सन्दर्भलाई यही तरिकाले स्वीकार गर्दैनन् । पद र सुविधाको लेनदेनमा एकताका कुरा अगाडि बढ्न नसक्ने उनको जिकिर छ । वैचारिक, राजनीतिक र सिंगो सांगठानिक विषयमा मतैक्यता नहुँदासम्म कोही, कसैसँग एकताको सम्भावना नदेखिनेमा उनी दृढ छन् । त्यसबिनाको एकता भएछ भने पनि ०७४ पछि गरिएको एकताजस्तो बालुवाको घर बन्छ, पार्टी बन्दैन ।

अहिले राजनीतिक वृत्तमा जसरी माओवादी अध्यक्ष प्रचण्डको चाहनाबमोजिम हुने एकताको चर्चा भइरहेको छ, यदि त्यो सत्य हो र त्यस्तो एकता भयो भने त्यसले एमालेलाई फाइदा पुर्‍याउनेबाहेक अर्थोक गर्दैन । किनभने, प्रचण्डले आँखा लगाइरहेको ठाउँ हो, एकीकृत समाजवादी । त्यो त्यस्तो ठाउँ हो, जहाँ लामो वामपन्थी राजनीतिक अभ्यासबाट खारिएको ठूलो पंक्ति छ । त्यसले हिजोको झापा आन्दोलनदेखि कोअर्डिनेशन केन्द्र, माले, एमाले बनाउँदै प्रतिस्पर्धात्मक राष्ट्रिय राजनीतिमा एउटा कम्युनिष्ट पार्टीलाई शीर्षस्थानमा उभ्याउन सफल भयो । आज त्यो पार्टी सानो छ, तर त्यो कालखण्डका मुख्य मुख्य खेलाडी त्यहीँभित्र छन् ।

बाहिरबाट झट्ट हेर्दा के बुझिन्छ भने, माधव नेपाल र झलनाथमा प्रचण्डप्रतिको विश्वास वा भरोसा अलिक बढी नै जागेको पो हो कि ? उनीहरूले प्रचण्ड को हुन् ? उनले विगतमा र वर्तमानमा के-के गरे भन्ने कुरा बिर्सनु हुँदैन ।

त्यो लोभलाग्दो पंक्ति केपी ओलीको व्यक्तिवादी अहंकारवादको विरुद्धमा माधव नेपालले नेतृत्व गरेको विद्रोहमा सामेल भयो । विद्रोह माओवादी वा अरु कुनै कम्युनिष्ट घटकसँग मिल्नका लागि गरिएको थिएन । एउटा शक्तिलाई एकातिर ल्याउने र अर्को क्षयीकरणतर्फ गइरहेको कुनै कम्युनिष्ट घटकलाई मलजल गर्नका निम्ति एमालेबाट उनीहरूले विद्रोह गरेका थिएनन् । आफ्नै पार्टी बनाउन, हिजोको एमालेजस्तै र जत्रै पार्टी बनाउन ती एमालेजन माधव नेपाल, झलनाथ खनालका पछि लागेका हुन् । त्यो क्रान्तिकारी विरासत माओवादी वा अरु कसैलाई बुझाउनका लागि कोही पनि समाजवादी भएका हैनन् । उनीहरू एमालेभित्र व्यक्तिवाद हावी भएर समाप्त पारिएको ‘एमाले आदर्श’ र इतिहासको रक्षा गर्न एकीकृत समाजवादी भएका हुन् ।

नेतृत्वले एकताका नाममा अरु कतै जाने गल्ती ग¥यो भने आज भइरहेको शक्ति वा पंतिमा ठूलो क्षति हुने निश्चित छ । उनीहरू ‘मर्नुभन्दा बहुलाउनु निको हुन्छ’ भन्दै अरु कुनै घटकसँग आत्मसमर्पण गर्न जानु (मर्नु) भन्दा एमाले भएरै ‘बहुलाउन’ राजी छन् । त्यसैले एमाले नेताका घरदैलोमा आजकल थुप्रै समाजवादी भेटिँदैछन् ।

एमाले र भ्रम

०७७ पुस ५ पछि विकसित राजनीतिक घटनाक्रम हुँदै आजसम्म एकीकृत समाजवादीमा आवद्ध नेता र कार्यकर्तामा अरुसँग एकता गर्नुभन्दा एमालेमै फर्किनु उपयुक्त हुने चिन्तनको विकास एमाले सही भएर भएको होइन । हो, कतिपय मान्छेहरू एमाले सच्चियो भन्ने भ्रमका साथ त्यता गएका छन् । उनीहरूले एमाले नसच्चिएको कुरा त्यहाँ पुगेर मात्रै चाल पाए । हिजो गरिएको विद्रोहको कारण र आधार विद्यमान रहेकै अवस्थामा समाजवादीहरू एमालेमा फर्किनु भनेको कि भ्रम हो कि दक्षिणपन्थी अवसरवादले गाँजेको हो ।

एकातिर नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ ध्रुवीकरणका अभ्यास चलिरहेकै छन् । ठूलो कम्युनिष्ट घटकलाई एकातिर राखेर बाँकी कम्युनिष्ट मिल्दा त्यस्तो ध्रुवीकरण कत्तिको फलदायी होला भन्ने प्रश्न छ । अर्कातिर, पार्टी माओवादीसँग मिल्छ कि मिल्दैन भन्ने कुराले आकार नलिँदै एकीकृत समाजवादीका कतिपय नेता, कार्यकर्ता ‘पुरानो घर’ भन्दै एमालेतिर लहसिन थालेका छन् ।

अर्को वास्तविकता हो, कतिपय नेता र कार्यकर्ताले एकीकृत समाजवादीबाट अपेक्षित व्यवहार पाएनन् । महाधिवेशन भयो । मनोनयनको शैलीमा नेतृत्व चयन भयो । विचार र कार्यक्रममा त बहस भयो । तर, नेतृत्व चयनमा जनवादी अभ्यासलाई निषेध गरियो । जनवादी केन्द्रियता लादियो । यसबाट पार्टीभित्रको ठूलो पंक्तिमा निराशा छायो । परदेशीएको छोरोले दुःख पाउँदा घर सम्झिएजस्तो जब-जब समाजवादीहरू निराश हुन्छन्, पीडाबोध गर्छन्, तब-तब एमालेलाई सम्झिने गर्छन् । सम्झिनु गलत होइन । तर, एमाले पनि त ठीक छैन ।

एकीकृत समाजवादीमा राखिएका कुरा लागू नभए पनि कुरा राख्नसम्म पाइन्छ । कुरा राखेकै नाममा कोही कसैसँग नेतृत्वले बदलाको भावना राख्दैन । एमालेमा त्यति पनि पाइँदैन । ओलीतन्त्र, अर्थात राणाकै जस्तो शासन छ । त्योभन्दा केही केही निरंकुशता, केही न केही आग्रह र संकीर्णता भए पनि एकीकृत समाजवादी नै ठीक छ भन्ने पंक्तिले अहिलेसम्म उक्त पार्टीलाई टिकाएको हो, यहाँसम्म ल्याएको हो । त्यो पार्टी माओवादीसँग मिल्दा जाँदा त्यो पंक्ति सर्लक्कै नेतृत्वको साथमा जाँदैन । नेतृत्वले यो कुरा बुझ्नुपर्छ ।

प्रचण्ड-ओली चक्र

एकीकृत समाजवादीका निम्ति अहिले दुईतिरबाट प्रहार भइरहेको छ । अर्थात्, दुईवटा चक्र उत्तिकै गतिमा चलायमान छन् । एउटा चक्र ओलीले चलाएका छन्, अर्को प्रचण्डले ।

‘ओली चक्र’ को मूल मक्सद हो, माधव नेपाल र झलनाथ खनाललाई नाश गर्नु । र, बाँकी भएका सबैलाई आफूतिर समेट्ने । यो चक्रलाई ‘प्रचण्ड चक्र’ ले कसरी साथ दिन खोज्दैछ भने, जे-जे भनेर, जे-जे गरेर भए पनि माधव-झलनाथलाई एकतामा ल्याइहाल्ने र आफ्नो शक्ति बढाउने । त्यसो गर्दा माधव-झलनाथ आ-आफ्नो कोटरी बोकेर माओवादीसँग त मिल्न जालान्, तर उनीहरूसँग आज भएका सबै नेता र कार्यकर्ता सर्लक्कै जाने पक्षमा छैनन् । यसो गर्दा फाइदा एमालेलाई छ । किनभने, माधव-झलनाथको साथ लागेर माओवादीसँग मिल्न नजाने पंक्तिको फर्किने ठाउँ एमाले नै बन्छ ।

यस्तो स्थितिमा वृहद् वामपन्थी एकताका आधारको खोजी गरौं, एमालेसहितको एकताका सम्भावना खोजौं भन्ने स्वर एकीकृत समाजवादीभित्र बलियोसँग उठेको छ । उनीहरू एकताभन्दा पार्टी निर्माणमा दृढ थिए । तर, १० औं महाधिवेशनपछि नेतृत्व निर्माणको सन्दर्भमा जेजस्ता घटना, परिघटना भए, त्यसबाट नेताहरूले पार्टी बनाउन हैन, कतै मिसाउन खोजेका हुन् भन्ने बुझाई बलशाली भयो ।

एकातिर ओलीको दुष्चक्र, अर्कातिर प्रचण्ड परचक्रको मारमा एकीकृत समाजवादीलाई पार्न खोजिँदैछ । दुवैले विद्रोहलाई विसर्जित गरी आ–आफ्नो हित सोचेका छन् ।

प्रचण्डको पासो

बाहिरबाट झट्ट हेर्दा के बुझिन्छ भने, माधव नेपाल र झलनाथमा प्रचण्डप्रतिको विश्वास वा भरोसा अलिक बढी नै जागेको पो हो कि ? उनीहरूले प्रचण्ड को हुन् ? उनले विगतमा र वर्तमानमा के-के गरे भन्ने कुरा बिर्सनु हुँदैन ।

मोहन वैद्य (किरण) ले अखिल (छैठौं) को कार्यक्रममा भेट्दा, बोल्दा ‘यसले चाहिँ क्रान्तिलाई अगाडि बढाउला’ भनेर अगाडि सारिएका उनै प्रचण्डले पाँच–सात वर्षमै किरणलाई ‘साइड लगाएर’ नेतृत्वमा आफैं उदाए । २०५२ सालमा संयुक्त जनमोर्चाको नाममा तत्कालिन सरकारलाई ४१ बुँदे माग पेश गर्दा र जनयुद्धको मैदानमा पुग्दासम्म त्यसका मुख्य नेता थिए, डा.बाबुराम भट्टराई । तर, जनयुद्ध अगाडि बढाउने पार्टी नेकपा (माओवादी) हुँदा त्यसको अध्यक्ष प्रचण्ड आफैं बने ।

जनयुद्ध शुरू भएको पाँच वर्षपछि बाबुराम यसरी किनारा पारिए कि, मिल्ने भए उनलाई यानप्रसाद गौतम (आलोक) लाई झैं सफाया गरिन्थ्यो । बाबुरामको अन्तर्राष्ट्रिय व्यक्तित्व र संसारले निगरानी गरिरहेको कारण उनी आलोक बनाइनबाट जोगिए । बरु, जनयुद्धकालमै बाबुराम बन्दी बनाइए, पदविहीन बनाइए र चुनवाङ बैठकमा ‘हिसाब राफसाफ’ गरी शान्ति प्रक्रियामा जाने नीति लिइयो ।

शान्ति प्रक्रियामा आएपछि जसोतसो बाबुराम एकचोटि प्रधानमन्त्री भए । उनले पद छाड्नुसँग प्रचण्डकै भूमिका भएको सबैले बुझेका छन् । पार्टीभित्र प्रतिस्पर्धीलाई पाखा लगाउने नीतिका कारण त्यहाँ किरण, विप्लव हुँदै बाबुरामसम्म टिकेनन् ।

यस्ता प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउलान् र उनको पार्टीसँग एकता होला भन्नु दिवास्वप्न मात्रै हो ।

एकीकृत समाजवादीका निम्ति अहिले दुईतिरबाट प्रहार भइरहेको छ । अर्थात्, दुईवटा चक्र उत्तिकै गतिमा चलायमान छन् । एउटा चक्र ओलीले चलाएका छन्, अर्को प्रचण्डले ।

माधव-झलनाथले प्रचण्डलाई केही प्रश्न सोध्नुपर्छ ।

०७९ मंसिरमा आफैं प्रधानमन्त्री बन्नका लागि चुनावी गठबन्धन गरेका दललाई धोका दिएर एमालेसँग मिल्न गएको को हो ?

एक महिनापछि कांग्रेसलाई सरकारमा सामेल गर्दा ‘दुई-दुई-एक’ को सहमति भयो । पहिलो दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुने, बीचको एक वर्ष माधव र अन्तिमको दुई वर्ष शेरबहादुर देउवा भन्ने थियो । तर, उक्त सहमतिअनुसार माधव प्रधानमन्त्री हुनुपर्ने बेला आउन आउन लागेपछि ०८० फागुनमा कांग्रेससँग सहकार्य तोडेर एमालेसँग मिल्न गएको को हो ? किन मिल्नुपरेको थियो ?

यी कुरा मनन गर्दा यसो पनि भन्न सकिन्छ कि, माधव-झलनाथबिनाको पार्टी बनाउने केपी ओलीको दुष्चक्रलाई प्रचण्डले निरन्तर साथ दिँदै आए । माधवको मुखमा आएको प्रधानमन्त्री ओलीकै इशारामा गुम्ने घटना प्रचण्डबाट गराइएको हो कि होइन ? त्यति गरिसकेपछि माधवको घरमै पुगेर बिन्तीभाउ गर्दै सरकारमा लैजानु पर्‍यो । सरकारमा गए पनि निरन्तरको उपेक्षा कायम रह्यो । समाजवादी मोर्चा चाहिएन । अन्तिममा प्रचण्ड आफैं एमालेबाट धोका खाएर सरकारबाट हट्नुपर्‍यो र फेरि उनलाई माधव नेपाल नै चाहियो ।

अनि, त्यस्ता प्रचण्डले एकीकृत समाजवादीलाई ‘बैतरणी तारिदिन्छन्’ कि सिध्याउँछन् ? शायद, माधव-झलनाथले बुझ्न ढिला गरिरहेका छन् ।

(लेखक सुवेदी नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष हुन्)


प्रतिक्रिया

5 thoughts on “नेकपा एसमाथि ‘दुष्चक्री’ ओली र ‘परचक्री’ प्रचण्डको भाउँतो

  1. फुलको आँखामा फुलै संसार भनें झै लेख लेखिएको छ ।जे होस ओली भन्ने बितिकै समाजबादीका नेताहरुको रिंगटै छुट्ने रहेछ।

  2. पार्टीभित्र प्रतिस्पर्धीलाई पाखा लगाउने नीतिका कारण त्यहाँ किरण, विप्लव हुँदै बाबुरामसम्म टिकेनन् । यस्ता प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउलान् र उनको पार्टीसँग एकता होला भन्नु दिवास्वप्न मात्रै हो । ok chha ….

  3. तेरीमा विश्व सुवेदी। तँलाई अपमान …….. भयो माकुने गुहु को मा…..न चाहियो । अब माकुने को खाने भनेको आचि मात्रै हो । केही दिन भित्रै किसान श्रेष्ठ र आले आफ्नै घर फर्कदैं छन, यो लेख्दा लेख्दै फर्की सकें कि , त्यसपछि फर्कने झले नै हुन् । बाँकी रह्यो माकुने कि बालुवाटार काण्डमा जान्छन् कि बाबुराम भट्टराई जस्तो बन्ने छन।

  4. माकुने अपमान पार्टीको मान्छे भएर यस्तो लेखेछ मार्चन्ड हरु भन्दा त अोली धेरै ठिक

  5. माकुनेको झोलेले अझै माकुने चिन्या रैनछ😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर