तीन दलबीचको सहमतिको सरकार बनाउन प्रचण्डजीले मान्नुभएन : शंकर पोखरेल (भिडिओ) – Nepal Press

तीन दलबीचको सहमतिको सरकार बनाउन प्रचण्डजीले मान्नुभएन : शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको दाबी गरेका छन्।

कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवासँगको सहमतिपछि अध्यक्ष ओलीले प्रचण्डसँगको भेटमा तीन दलबीचको सहकार्यको प्रस्ताव राख्दा प्रचण्डले नमानेको बताए।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सहमति भएपछि हामीले त्यसलाई तत्काल बाहिर नल्याउने समझदारी गर्यौ। प्रचण्डजीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्य थियो। अर्को दिन बिहानै केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार जानुभएको थियो। तर, सहकार्य सम्भव भएन। त्यसपछि जे सहमति भयो त्यसलाई संसदमा प्रस्तुत गर्ने स्थिती बन्यो।’

उनले ओलीको प्रस्ताव प्रचण्डले मानेको भए तीन दलबीचको सहमतिको सरकार बन्ने स्थिती हुने बताए। उनले थपे, ‘प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रुपमा बदलिन्थ्यो। एउटा नयाँ यात्रा सुरु हुन्थ्यो। त्यो दृष्टिकोणका साथ सहकार्यको आरम्भ गरेका थियौं भन्ने सच्चाइलाई पनि बुझ्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर