प्रविधिमैत्री शिक्षाका लागि नीतिगत परिवर्तन गर्न सरकारलाई अनेम संघका युवाहरुको आग्रह – Nepal Press

प्रविधिमैत्री शिक्षाका लागि नीतिगत परिवर्तन गर्न सरकारलाई अनेम संघका युवाहरुको आग्रह

काठमाडौं । अखिल नेपाल महिला संघमा रहेका युवाहरुले प्रविधिमैत्री शिक्षाका लागि नीतिगत परिवर्तनका गर्न सरकारलाई आग्रह गरेका छन् । राज्यको नीतिगत दुविधाका कारण युवालाई प्राविधिक शिक्षा दिन नपाएको भन्दै उनीहरुले नीतिगत परिवर्तनको लागि आग्रह गरेका हुन् ।

अनेमसंघ केन्द्रीय युवा कमिटीले काठमाडौंमा आयोजना गरेको दिगो विकासको आधार प्रविधियुक्त व्यवसायिक शिक्षा र रोजगार विचार गोष्ठीमा सहभागी युवाहरुले यस्तो आग्रह गरेका हुन् ।

गोष्ठीमा प्रमुख वक्ताका रुपमा आमन्त्रित सिटिइभिटिका पूर्व उपाध्यक्ष खगेन्द्र अधिकारीले कानुन संसोधनको अभाव र शिक्षा आयोगको अब्यवहारिक नीतिका कारण युवाहरु विदेश पलायन भएको प्रशंग उठाएपछि सहभागीहरुले यस्तो आह्वान गरेका हुन् ।

कार्यक्रममा अर्का वक्ता युवा स्वरोजगार कोषका पूर्व कार्यकारी उपाध्यक्ष कल्याण रोकाले प्राविधिक शिक्षाका अभावमा वैदेशिक रोजगारीमा गएकाहरुले समेत विभिन्न समस्या झेल्नुपरेको बताउँदै ब्यवसायीक शिक्षा र रोजगारीे ब्यवस्थीत नगर्दा सम्म दिगो विकास सम्भव नरहेको बताए ।

कार्यक्रममा सहभागी युवाहरुले अव पार्टी, मन्त्रालय, आयोग र सरोकारवालाहरुले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सीता पौडेल, अनेमसंघ उपाध्यक्ष शर्मिला कार्की, सुमित्रा विसि, महासचिव पेम्वा लामा लगायतका नेताहरुले युवाका प्राथमिकताका विषयलाई पार्टीमा लैजान र मुख्य एजेण्डा बनाउन आफुहरुले मध्यस्थताको भुमिका खेल्ने प्रतिवद्धता जनाए ।

कुल जनसंख्याको ४१ प्रतिशत भन्दा बढी ओगटेको युवाको मुद्दा कुनै पनि राजनीतिक दलले प्राथमिकतामा नपारेकै कारण युवाहरु विदेश पलायन हुने गरेको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर