१७ राजदूत सिफारिसमा समावेशी नभएको भन्दै संसदीय समितिमा उजुरी – Nepal Press

१७ राजदूत सिफारिसमा समावेशी नभएको भन्दै संसदीय समितिमा उजुरी

काठमाडौं । १७ जना राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेकोमा राजदूत सिफारिस समावेशी नभएको भन्दै उजुरी परेको हो ।

मंगलबारसम्म २ वटा उजुरी परेको र जसमा एउटा व्यक्ति केन्द्रित उजुरी र अर्को उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न गरिएको समिति सचिवालयका सहसचिव निर्मलादेवी लामिछानेले नेपाल प्रेसलाई जानकारी दिइन् । उनका अनुसार यस अघिको राजदूत नियुक्तिमा पनि समावेशिताको प्रश्न उठाएर समितिमा उजुरी परेको थियो ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । तर परराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको छ । अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा नपुगेको समितिले जनाएको छ ।

यसअघि इजरायलको राजदूत रहँदा दुई जना सहयोगी लगेकोमध्ये एक जना नेपाल नफर्किएको सूचनाका कारण उनको नाम अगाडि नबढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । संसदीय समितिका अनुसार उजुरी दिने म्याद भदौ ७ गतेसम्म रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर