रास्वपा केन्द्रीय समिति बैठक बस्दै – Nepal Press

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बिहान ८ बजेबाट सुरु हुने बैठकमा विभिन्न १० कार्यसूचीमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

त्यसैगरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ ।

संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर