खराब मौसमका कारण केही उडान रद्द र डाइभर्ट
काठमाडौं । खराब मौसमको कारण आज अन्तर्राष्ट्रिय तर्फको एउटा उडान रद्द भएको छ । आन्तरिकतर्फका उडानहरि केही बन्द छन् । भने, केही डाइभर्ट भएका छन् ।
आज १२ः५ मा नेपालबाट चीन उड्ने एयर चीन सीए ४३८ नम्बरको फ्लाइट रद्द भएको छ । रद्द भएपछि यात्रुलाई र्याडिसन होटलमा लगेर राखिएको छ । सो जहाजले मौसम सफा भए आज बेलुकासम्म उडान भर्ने नभएर कति बेला उडान हुन्छ भनेर यात्रुलाई बताउने छ ।
बुद्ध एयरको बिहान ७ः२० र ८ बजेको भरतपुरको उडान रद्द भएको थियो । भने, पोखराबाट पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको थियो । मौसम खराब भएको कारणले कारण डाइभर्ट भएको त्रिभुवन विमानस्थलले बताएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले आज बिहानबाट परेको पानीका कारण देशभर विभिन्न ठाउँको जहाज उडान प्रभावित भएको बताए ।
उनले भने, ‘अहिले पनि भिजिबिलिटी कम भएकाले पोखरा र भरतपुरमा उडान र अवतरण हुन सेकेको छैन । आज दिउँसो एकै छिन भने मौसम सहज जस्तो भएको थियो । अन्तर्राष्ट्रिय उडान तर्फ चीनको उडान रद्द भएको छ । भरतपुरको केही उडान रद्द भएका छन् । पोखरा र भरतपुरमा भिजिबिलिटीका कारण उडान र अवतरण दुवै बन्द छ ।’