असोजमा राष्ट्रिय भेला गर्ने रास्वपाको निर्णय, त्यसअघि रवि लामिछाने सातै प्रदेशमा जाने (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ ५ गते १४:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले असोज १ र २ गते काठमाडौंमा भेला गर्ने तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।
उनले भने, ‘राष्ट्रिय भेलाअघि सातै प्रदेश भेला हुनेछ । त्यो भेलामा सभापति रवि लामिछाने आफैं सहभागी हुनुहुन्छ । प्रदेश भेलापछि राष्ट्रिय भेला गरेर पार्टी नयाँ रुपमा अगाडि बढ्छ ।’
सरकारबाट बाहिरिएपछि रास्वपा पनि संगठन निर्माणको अभियानमा लागेको छ । मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको रास्वपाले त्यसको तयारीका लागि पनि भेला गर्न लागेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर