`आत्मदाह गर्छु´ भन्दै प्रहरीलाई चिठी पठाउने राजकुमार तिमल्सिना पक्राउ*
काठमाडौं । सीधा कुरा अनलाइनले प्रशारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका `सूचनादाता´ राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौंको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो ।
स्राेतका अनुसार उनले आत्मदाह गर्ने चेतावनी सहितकाे पत्र प्रहरीलाई पठाएका थिए । हालै १ अर्ब रूपैयाँकाे भ्रष्टाचार मुद्दामा गाेदावरी नगरपालिकाका मेयर र उपमेयर सहित १४ जनाले सफाइ पाएकाे विषयमा राेष प्रकट गर्दै उनले प्रहरीलाई साे पत्र पठाएका हुन् । यही पत्रका आधारमा पक्राउ गरिएकाे स्राेतले बतायाे ।
तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नविन ढुंगान र तिमल्सिनाविरुद्ध मुद्दा चलिरहेको छ । भोलि मुद्दाको पेशी रहेकोमा अघिल्लो दिन तिमल्सिनालाई पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।