गोकुल बास्कोटाको आक्रोश- भौतिक मन्त्रालयमा तीन मन्त्री फेरिए, धुलिखेलको चार किलोमिटर बाटो बनेन
काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तीन जना मन्त्री फेरिए पनि धुलिखेलको चार किलोमिटर बाटो बन्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कथासँग तुलना गर्दै उनले तीनजना मन्त्री र डीजी फेरिए पनि बाटो बन्न नसकेको बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनता सोधिरहे, धुलिखेल खावा बाटो कहिले बन्छ ? मैले भनिरहे यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, डीजी फटायो तर चार किलो बाटो बनाएन ।’
उनले गत साता मात्रै मन्त्री लगायत अन्य पदाधिकारीलाई भेटे पनि एकले अर्कालाई देखाएर पन्छिने काम मात्रै गरेको बताए ।
उनले भने, ‘गत साता मन्त्री भेटे सचिव देखाए,सचिव भेटे डीजी देखाए । हिजो डीजीलाई सोधे ठेकदारलाई थाहा होला भने । यो देश बन्छ । जसरी भूपीले लेखेथे- घुम्ने मेचमाथि अन्धो मान्छे ।’
जनताले सोधिरहे,धुलिखेल खावा बाटो कहिले बन्छ?मैले भनिरहे,यो साल।भौतिक मन्त्रालयले तीन मन्त्री,डीजी फटायो तर चार किलो बाटो बनाएन।गतसाता मन्त्री भेटे सचिव देखाए,सचिव भेटे डीजी देखाए।हिजो डिजीलाई सोधे ठेक्दारलाई था होला भने।यो देश बन्छ।जसरी भूपीले लेखेथे-घुम्ने मेचमाथि अन्धो मान्छे।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 22, 2024