मोहन बस्नेतको चेतावनी- सिन्धुपाल्चोकका ढुंगाखानी चलाउन खोज्ने सबैको ‘लाइफ ड्यामेज’ गर्दिन्छु (भिडिओ)
'म २ नम्बरको मात्र नभएर जिल्लाभरको सांसद हुँ, मेरो जति बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस्'
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी सबै अवैध रहेको भन्दै कसैले सञ्चालन गर्न खोजे त्यसको ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गरे । त्यसले गर्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिएका हुन् ।
उनले प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने बताए ।
केही समयअगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतको भनाइ छ ।
ढुंगा खानी सञ्चालन गर्न दिन केही जनप्रतिनिधि र नेताहरू समेत लागेको उनको आरोप थियो । ढुंगा खानीबारे खरो बोलेका बस्नेत सिन्धुपाल्चोकका अवैध क्रसरबारे भने मौन देखिए ।
आफू स्वास्थ्यमन्त्री हुँदा पहिलो पटक ३९ वटा स्वास्थय चौकी बनाउनका लागि बजेट निकासा गरेको उनले सुनए ।
‘अर्थमन्त्रालयले बजेट सील गरिसकेको थियो तर मैले हंगामा गरेर त्यति धेरै बजेट पठाउन सफल भएँ’, बस्नेतले भने ।
सिन्धुपाल्चोकमा आफूबाहेक अरु कुनै पनि जनप्रतिनिधिले ठूलो आकारको बजेट ल्याउन नसकेको उनले दाबी गरे ।
‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन, म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस् ।’
यो ठिक कुरा भनेछन् बस्नेतले। तस्करहरुले जथाभावी उत्खनन गरेर पर्यावरण ध्वस्त पार्दैछन!
यस्तो कुरा गर्नेलाई सिधै जेलमा कोच्नु पर्दैन ? लाईफ ड्यामेज भनेको मारिदिन्छु भनेको होईन ? साँसद भएर यस्तो भन्ने ? यो त गुण्डाको बोली होईन ? अवैध क्रसरको मालिक नै यहि हुनसक्छ ।
ढुङ्गा व्यवसायीको लाईफ ड्यामेज गरेपनि व्यवसाय ड्यामेज चाहिँ नगरौं । किन की त्यो व्यवसायसँग सिंगो जिल्लाको पहिचान र कामदारहरुको नाभी जोडिएको छ ।
यो देशमा गुण्डाको राज फस्टाएर गएको छ । निरीह भए जनता । ठुलो नेता आँखा चिम्लिदिन्छ । अनि भ्रष्टाचार गर्न दिन्न भन्छ ।पत्याउँछ कस्ले ?