बंगलादेशविरुद्ध नेपाललाई सुरुवातमै दुई गोलको अग्रता – Nepal Press

बंगलादेशविरुद्ध नेपाललाई सुरुवातमै दुई गोलको अग्रता

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले बंगलादेशविरुद्ध भिडिरहेको नेपालले सुरुवातमै २ गोल गरेर हावी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । १७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरे। नेपालले पहिलो गोल बंगलादेशका गोलकिपरको गल्तीका कारण गरेको थियो ।

काउन्टर एट्याकमा आएको बलले गोलकिपरले समयमा क्लियर गर्न नसक्दा समिरले खोसेर डीबक्सभित्र पुर्या्उँदै गोल गरेका थिए ।

लगत्तै निराजनले गोल गरेका थिए। नेपाल सेमिफाइनल पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर