संक्रमणकालीन न्याय : दुवै पक्षका पीडितलाई राहत दिनुपर्नेमा सिटौलाको जोड (भिडिओ) – Nepal Press

संक्रमणकालीन न्याय : दुवै पक्षका पीडितलाई राहत दिनुपर्नेमा सिटौलाको जोड (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएर आएपनि गुनासो नरोकिएको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएका हुन् । उनले द्वन्द्वपीडित र माओवादी पक्षकै केही व्यक्तिहरु विधेयकप्रति असन्तुष्ट रहेको बताए ।

उनले ढिलो गरेर भएपनि राजनीतिक दलहरुको बीचमा विश्वासको समझदारी बनेकाले संसदबाट पारित गरी कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भइसकेपछि बन्ने आयोगहरुको कार्य क्षमतामा धेरैकुरा भर पर्ने जिकिर गरे । उनले आयोग बनाउने कुरामा द्वन्द्व पीडितहरुले न्याय पाउँछन् भन्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

उनले गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरी मेरो र तेरो नभनिकन न्याय दिनसक्ने क्षमताको आयोगहरु निर्माण गर्नुपर्ने बताए । यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउने बताए ।

सांसद सिटौलाले नेपालले एक पटक फेरि नेपाली राजनीतिक दलहरुको बीचमा वृहत समझदारी र एकता खोजेको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर