सुदेश पराजुलीको आरोप- सरकारले दलीय अराजकता सिर्जना गर्‍यो – Nepal Press

सुदेश पराजुलीको आरोप- सरकारले दलीय अराजकता सिर्जना गर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले सरकारले दलीय अराजकता सिर्जना गरेको आरोप लगाएका छन् ।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि स्थिरता हुन्छ भन्ने कुरा भ्रम रहेको सरकारको पछिल्ला गतिविधिले पुष्टी गर्दै गएको बताए ।

उनले भनेका छन्, ’दुई ठूला दल मिलेर बनेको सरकारले स्थिरता ल्याउछ कायम गर्छ भनेर जसरी भ्रम पार्यो र सरकार निर्माण भयो यसले थप अस्थिरता दलिय अराजकता सिर्जना गर्दैछ यसको पछिल्लो उदाहरण विश्वविद्यालयमा भएका पछिल्ला गतिविधि र घटनाहरू हुन् ।’

दल ठूला वा साना भन्दा पनि दलहरुले लिने निर्णय प्रक्रियाको आधारमा नै राजनीतिको कोर्ष स्थायित्वतिर जाने उनको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “सुदेश पराजुलीको आरोप- सरकारले दलीय अराजकता सिर्जना गर्‍यो

  1. ठग ठाग गरेर, गुण्डागर्दी गरेर काठमाडौंमा खाउला भन्नेक‍ो हालत खराब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर