शिक्षण अस्पतालबाट गृहमन्त्रीले भने- घाइतेको इलाज राम्रोसँग भइरहेको छ, शव पठाउनेबारे छलफल चल्दैछ (भिडिओ)
काठमाडौं । गृहमन्त्री रमेश लेखक भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेलाई भेट्न पुगेका छन्। मर्स्याङ्दी दुर्घटनाका घाइतेको उपचार भइरहेको शिक्षण अस्पतालमा पुगेर बिरामीको अवस्थाबारे मन्त्री खडसेसँगै जानकारी लिएका हुन्।
बिरामीको अवस्थाबारे जानकारी लिएपछि उनले भने, ‘भारतबाट पर्यटकको रुपमा आउनुभएकोहरुको दुर्घटनामा मृत्यु भएको छ। सेना प्रहरीहरुले चाँडै उद्वार गरेर केही मानिसहरुलाई बचाउन सकियो। केहीको मृत्यु भएको छ। घाइतेको उपचार भइरहेको छ। भारतको राज्यमन्त्री आउनुभएको छ। उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुन्छ।’
उनले उपचारमा रहेका घाइतेमध्ये एकदुई जनाको अवस्था गम्भिर रहेपनि अरुको इलाज राम्रोसँग भइरहेको बताए। मृत्तकको शव पठाउनेबारे छलफल भइरहेको बताए। दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो। भारतका सरकारका मन्त्रीहरुले नेपाल सरकारले दुर्घटनामा परेकाहरुको चाँडै उद्वार गरेको बताएको उनको भनाइ छ।