सुनकोशीमा कार खस्यो
नेपाल प्रेस
२०८१ भदौ ८ गते १९:३०
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ ।
कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।
नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो कार शनिबार साँझ नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ । -रासस
प्रतिक्रिया
सम्बन्धित खवर