संविधान दिवसमा सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने – Nepal Press

संविधान दिवसमा सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने

काठमाडौं । नेपाल सरकारले यस वर्ष संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवस उत्सव) निर्णय गरेको हो ।

नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गरेपछि नारायणहिटी दरबार अगाडिको खुला स्थानमा नेसनल डे कन्सर्ट गर्न लागेको हो ।

नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम सरकारको पनि सहभागिता रहने बैठक पछि गृहमन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिए ।

यस्तै, सरकारले संविधान दिवशको अवशरमा निजी क्षेत्रलाई विभिन्न विषयमा छुट सहुलियत पनि दिने भएको छ । छुट सहुलियत दिनको लागि सबै मन्त्रालयको सचिवहरु भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिए ।

सरकारले संबिधान दिवशको भिन्न कार्यक्रमहरु अशोज २, ३ र ४ गते मनाउने निर्णय गरेको छ । यस्तै संविधान दिवसको कार्यक्रमहरु प्रदेश स्तरमा र पालिका स्तरमा मनाउन समेत सरकारले आह्वान गरेको छ ।

दिवस मनाउने अवधिमा सरकारले गरेका राम्रा कामहरुको सार्वजनिक प्रशारण र प्रदर्शन गर्ने निर्णय पनि सरकारले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर