धादिङको बेल्खुमा पहिरो, काठमाडौं भित्रिने मुख्य राजमार्ग अवरुद्ध
नेपाल प्रेस
२०८१ भदौ १० गते १७:४६
चितवन । धादिङको गजुरी गाउँपालिका ३, मा पर्ने बेल्खुमा ठूलो पहिरो खस्दा काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
आज दिउँसो करिब पाँच बजेको समयमा खसेको पहिरोले काठमाडौं भित्रिने बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार प्रहरी, डिभिजन सडकका कर्मचारीसहितको टोलीले केही बेरअघिलेखि पहिरो पन्छाउन सुरु गरिएको छ । यद्यपि पानी परिरहेको कारण पहिरो पन्छाउन केही समस्या भने भइरहेको छ । डिएसी मिश्रले करिब ४५ मिनेटमा पहिरो पन्छाउन सकिने अनुमान गरिएको नेपाल प्रेसलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर