धादिङ बेल्खुको पहिरो पन्छाइयो, दुईतर्फी बाटो सञ्चालन
नेपाल प्रेस
२०८१ भदौ १० गते १९:०१
चितवन । धादिङको गजुरी गाउँपालिका- ३ मा पर्ने बेल्खुमा पहिरो खस्दा बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडक बीचमा खसेको पहिरो पन्छाएर केहीबेर अघि बाटो सञ्चालनमा ल्याइएको हो ।
आज दिउँसो करिब ५ बजेको समयमा खसेको पहिरोले काठमाडौं भित्रिने बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार प्रहरी, डिभिजन सडकका कर्मचारीसहितको टोलीले अवरुद्ध भएको करिब एक घण्टामा सडक सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया