ताप्लेजुङ याङ्वरकमा कुटिएका शिक्षक खेम प्रसाद घिमिरेलाई न्याय दिन माग – Nepal Press

ताप्लेजुङ याङ्वरकमा कुटिएका शिक्षक खेम प्रसाद घिमिरेलाई न्याय दिन माग

काठमाडौं । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका शिक्षक खेम प्रसाद घिमिरेलाई भएको कुटपिट भएकोमा उनलाई न्याय दिन शिक्षकहरुले माग गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पाथिभरा याङवरक गाउँपालिका समितिले एक प्रेस विज्ञप्ति जारी गरेरै न्यायको माग गरेको छ ।

अध्यक्ष गणेश भण्डारी र सचिव टेकेन्द्र रिजालले सार्वजनिक गरेको विज्ञप्तिमा भदौ ४ गते बिहान ९ः५० मा ज्यान मार्ने नियतले कुटपिट भएको भन्दै न्याय माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकृतिका घटनाबाट हामी कोही पनि शिक्षक सुरक्षित रहने अवस्था रहेन । उक्त घटनाका निम्ति सम्बन्धित निकायप्रति हामी जोडदार माग गर्दछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर