एन्फा कार्यसमिति बैठक सुरु
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक सुरू भएको छ ।
एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केहीबेर अघि मात्रै शुरू भएको हो । बैठकमा २३ बढी विभिन्न एजेण्डा रहेको बताइएको छ ।
नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र एएफसीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आव२०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए ।
आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेश गर्ने छुट्टै एजेण्डामा पनि छलफल हुने बताइएको छ ।