सर्वोच्चमा रहेका भ्रष्टाचारका ४ हजार मुद्दा निष्क्रिय बनाउन हदम्यादको कुरा उठाइयो: सांसद दाहाल (भिडिओ) – Nepal Press

सर्वोच्चमा रहेका भ्रष्टाचारका ४ हजार मुद्दा निष्क्रिय बनाउन हदम्यादको कुरा उठाइयो: सांसद दाहाल (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भ्रष्टाचारीहरुलाई बचाउन पाँच वर्षे हदम्याद राख्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाँच वर्ष नाघिसकेका सर्वोच्च अदालतमा भ्रष्टाचारका चार हजारभन्दा धेरै मुद्दा रहेको बताए ।

सांसद दाहालले भने, ‘ती चार हजार मुद्दालाई स्वतः निष्क्रिय बनाउने उद्देश्यले आएको हो । त्यो विधेयकका विवादित र बद्नियतपूर्ण बुँदाहरु हटाउनुपर्छ । संवैधानिक नियुक्तिहरु पनि राजनीतिक भागबन्डाको आधारमा हुने भएकाले खुला प्रतिस्पर्धामा संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर