फूल चार्जले ४२० किलोमिटर गुड्ने बीवाईडी एट्टो थ्री- यस्ता छन् विशेषता – Nepal Press

फूल चार्जले ४२० किलोमिटर गुड्ने बीवाईडी एट्टो थ्री- यस्ता छन् विशेषता

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ लाई नाडा अटोशोमा प्रदर्शनीमा राखेको छ । केही समयअघि नै औपचारिक रूपमा लन्च गरिएको यो गाडी नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी हो ।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिएको छ भने नयाँ विशेषता पनि थपिएको छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको छ । यस्तै इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ । यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरिएको छ । रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ । डी-पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा यसमा भने स्टाइलिस कालो रंगरहेको छ । यसले गाडीलाई थप स्पोर्टी बनाउँन मदत गरेको छ ।

बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अहिले यो १५.६ इन्च छ । सुपेरियर ग्रीप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई-पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । यो अत्यधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङलाई सहज तरिकाले नियन्त्रण गर्छ । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको वारेमा थाहा पाउन सकिन्छ ।

बीवाईडीको ई-प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको-फ्रेन्ड्ली डिजाइन सहितको पावरफूल पर्फमेन्सको सम्मीश्रण छ । यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन मदत गरेको छ ।

कम्पनीले नाडा अटो शोमा बुकिङ गर्नेलाई एक वर्षको अटोप्लस इन्सुरेन्सको सुविधा दिएको छ । यस्तै यसको २.३ को चार्जर छ जुन पोर्टेवल हो । यो चार्जर जहा गएपनि लान मिल्छ । यस गाडीको मोटर पावर १०० किलोवाट छ भने यसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्जसम्म जान सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर