प्रचण्डको चेतावनी- माफियाको सेवामा अग्रसर सरकारले प्रतिपक्षलाई कमजोर नठान्नू (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ ११ गते १४:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताए ।
प्रचण्डले भने, ‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवा अग्रसर छ । त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु ।’
उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए । सरकारको जगमा विश्वास नभई डरले बनेको प्रचण्डले दाबी गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर