राजेन्द्र राईलाई प्रहरीले धकेलेपछि मतगणना स्थलमा तनाव, थप प्रहरी परिचालन गरेर मतगणना थालियो – Nepal Press

राजेन्द्र राईलाई प्रहरीले धकेलेपछि मतगणना स्थलमा तनाव, थप प्रहरी परिचालन गरेर मतगणना थालियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे जारी मतगणनाकाे क्रममा विवाद थप चर्किएको छ।

विवाद पछि निर्वाचन अायाेगले अाज मतगणना नगर्ने भन्दै खाेलिसकेकाे मतपत्र प्रहरीकाे सहयोग लैजान खाेजेपछि विवाद बढेको हाे।

मतपत्र लैजान खाेजेपछि उपमहासचिव पदकाे उम्मेदवार राजेन्द्र राइले राेकेका थिए। तर उनलाई प्रहरीले धकेलेपछि विवाद बढेकाे हाे।

राईका समर्थकले हलमा हाेहल्ला गरेपछि अहिले महासचिव घनश्याम भुसालले पदाधिकारी उम्मेदवारसँग छलफल गरेपछि अहिले मतगणना सुरु भएको छ। विवादपछि प्रहरीकाे संख्या बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर