सरकारलाई सांसद श्रेष्ठको प्रश्न- राजदूत देशको प्रतिनिधि हुन्छ कि दलको ? (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ १२ गते १३:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कांग्रेस एमालेबीच भागबन्डा नमिलेकै कारणले राजदूत नियुक्तिमा ढिलाइ भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजदूत देशको प्रतिनिधि हुन्छ कि दलको रु भन्दै प्रश्न गरे।
उनले भने, ‘राजदूत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ, र नेपालीहरूलाई समस्या परेको छ, सरकारको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को पालना भएको छैन। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ।’
देशको प्रतिनिधित्व गर्नुपर्ने ठाउँमा पदीय मर्यादा नै धान्न सक्ने क्षमता नभएको व्यक्तिलाई नपठाउन आग्रह गरे।
प्रतिक्रिया
2 thoughts on “सरकारलाई सांसद श्रेष्ठको प्रश्न- राजदूत देशको प्रतिनिधि हुन्छ कि दलको ? (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
दलक नेता हुँदैमा राजदुत हुन अयोग्य नै हुन्छ भन्ने चाहिँ कहाँ पढ्यौ भाइ ? अलि पढ क्या । कच्चा नै रहेछौ ।
नेपाली होलान् ती कि फरक रहेछन्